आज काठमाडौमा सम्पन्न भएको अन्तर बिद्यालयस्तरीय हेन्डराईटीङ प्रतियोगिताको उपाधि नोबल एकेडेमी बानेश्वरमा अध्ययनरत छात्र आरोस खनालले जितेका छन् ।
आपसी शैक्षिक गतिबिधि फोरमले मेगा स्कुलमा कार्यक्रम आयोजना गरेको थियो । अन्तर बिद्यालय हेन्डराईटीङ प्रतियोगितमा बीसवटा बिद्यालयलाई पछि पार्दे नोबल एकेडेमी कक्षा–५ मा अध्ययनरत छात्र आरोस खनाल प्रथम भएका हुन् । प्रतियोगितामा ज्ञान निकेतन, बेबिलोन, बिद्यामन्दीर, मेगा स्कुल,इलिजर, पिस स्कुल, पिक प्वाईन्ट, विस्कीटलगायत बीसवटा बिद्यालयमा अध्ययनरत बिद्यार्थी सहभागि थिए ।
आज नोबल एकेडेमीमा आयोजित एक कार्यक्रममा एकेडेमीका प्रिन्सिपल रविन दाहालले हेन्डराईटीङ आफैमा शैक्षिक कला भएको बताए । उनले यस बर्षको उपाधि हात पार्न नोबल एकेडेमी सफल भएको र आगामी दिनमा अझ सशक्त भएर लाग्ने विश्वास व्यक्त गरे । शैक्षिक प्रगतिको लागि सुन्दर अक्षर आवश्यक रहेको उनको भनाई थियो ।
कार्यक्रममा सबै बिद्यालयलाई पछि पार्दे नोबल एकेडेमीको गौरव बढाएको भन्दै छात्र आरोस खनाललाई प्रमाणपत्र, ट्रफीसहित खादा ओढाएर सम्मानीत गरीएको थियो ।








