संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सुनुवाइ समितिमा सवाल जवाफ सुरु भएको छ ।
शुक्रबार बिहान ८ बजेदेखि शुरु भएको वैठकमा समितिका सदस्यहरु र कायममुकायम प्रधानन्यायाधीश कार्कीबीच प्रश्नोत्तर चलिरहेको छ ।
समितिमा कार्की विरुद्ध २९ वटा उजुरी परेका छन् । विभिन्न व्यक्तिहरुले हालेका उजुरी र समितिका सदस्यहरुका प्रश्नको जवाफ कार्कीले दिइरहेका छन ।
बिहीबार पहिलो पटक समितिमा उपस्थित भएका कामु प्रधानन्यायाधीश कार्कीले अदालतमा हुने भ्रष्टाचारमा शुन्य सहनशीलता कायम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
२० पेज लामो लिखित प्रतिवद्धता पेश गर्ने क्रममा उनले अदालतमा बिचौलियाको प्रभाव निस्तेज गर्न प्रभावकारी कानून बनाउने योजना पेस सुनाए ।








