बागमती प्रदेश सभाको बैठक आज बिहीबार बस्दैछ ।

बैठक दिउँसो २ बजे हेटौंडा स्थित प्रदेश सभा भवनमा बस्नेछ । आजको बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने र छलफल हुने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक सर्वेक्षण पेश गर्ने गर्नेछन् ।

भोली असार १ गते बस्ने प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको छ ।

यसअघि प्रदेश सभाको बैठक गत जेठ १९ गते प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरिसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो ।