संसदीय सुनुवाई समितिमा हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश बनाउने सिफारिसमाथि छलफल सुरु भएको छ ।

प्रधानन्यायाधीश बिहान ८ बजे नै समितिको वैठकमा उपस्थित भएका थिए । समितिका सदस्यहरु समक्ष कार्कीले आफ्ना योजनाहरु प्रस्तुत गरेका छन । समितिका सदस्यहरुले उनीविरुद्ध परेका उजुरीहरुका सम्बन्धमा प्रश्न गर्ने क्रम चलिरहेको छ ।

समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । समितिले बुधबार उजुरीकर्ताहरुसँग छलफलको औपचारिकता पूरा गरेपछि कार्कीलाई बिहीबार समितिमा बोलाएको हो । कार्कीसँगको सुनुवाइ सकिएपछि समितिले बिहीबार नै सिफारिस अनुमोदन गर्नसक्ने बुझिएको छ ।

त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन । आगामी साउन १९ देखि अनिवार्य अवकाशमा जाने कार्की असार १९ देखि बिदा बस्दा उनी एक महिना पनि प्रधानन्यायाधीश हुन नपाउने भएका छन ।

राजनीतिक दलहरुको खिचातानी र न्यायालयभित्रै फाहोरी खेलका कारण १५ महिनादेखि प्रधानन्यायाधीशको पद खाली रहँदै आएको छ ।