नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।

उनी नियमित स्वास्थ्य ‘फलोअप’का लागि गएराति त्यसतर्फ प्रस्थान गरेको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सभापति देउवाले केही वर्षअघि पेटमा समस्या देखिएपछि सिंगापुरमा उपचार गराएका थिए ।