त्रिभुवन विश्वविद्यालयले आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेश गर्न आह्वान गरेको छ ।

विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयले आज एक सूचना जारी गर्दै असार मसान्तभित्र निवेदन दिन अनुरोध गरेको हो ।

त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस मर्ज हुन चाहेमा आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गरी योजना निर्देशनालयमा निवेदन दिन सक्नेछन् ।