हाल देशमा पश्चिमी र स्थानीय वायुको आशिंक मात्रै प्रभाव रहेकाले आज (शुक्रवार) पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रवार,कोशी,गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन सहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ ।
त्यस्तै,आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती पहाडी भूभागका एक–दुई स्थानमा मेघ–गर्जन सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।
महाशाखाको अनुसार, तराइका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम वृद्धि हुने क्रम केही दिन अझै नघट्ने भएकाले उक्त भू–भागहरूमा तातो हावा (लु) चल्ने क्रम जारी रहने छ । जसबाट जोगिन सबैलाई महाशाखाले सचेत पनि गराएको छ ।








