हाल देशमा पश्चिमी र स्थानीय वायुको आशिंक मात्रै प्रभाव रहेकाले आज पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधवार गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागका केही स्थानका साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
त्यस्तै, आज राती देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाको अनुसार, तराइका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने भएकाले उक्त भू–भागहरूमा तातो हावा चल्ने छ । जसका कारण लू चलिरहेको हुनाले त्यसबाट जोगिन सबैलाई महाशाखाले सचेत पनि गराएको छ ।








