सुनकोसी नदीमा खसेर बेपत्ता भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी)को गाडी ५ दिन पछि भेटिएको छ ।

सीटीईभीटीका कर्मचारी चढेको उक्त गाडीभित्र दुई जनाको शव  भेटिएको छ । भेटिएको शवको पहिचान हुन सकेको छैन । अन्य एक जनाको अवस्था भने अज्ञात छ ।

गत शुक्रबार भक्तपुरबाट खोटाङ जाने क्रममा बीएबी ७४६७ नम्बरको स्कोर्पियो जिप दुर्घटना भएको हो । गाडी सिन्धुलीको खुर्कोटस्थित सुनकोसी नदीमा खसेको थियो ।

सीटीईभीटीको उक्त जीपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए ।

गाडीका चालक चालक कृष्ण चौधरी भने घाइते अवस्थामा पौडिएर निस्किएका थिए ।

।