संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठक बिहान ११ बजेका लागि बोलाइएको हो ।
आजको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुने कायसूची रहेको संसद सचिवालयले जनाएको छ ।








