पूर्व मिसेस इण्डीया डा. शोभादेवी नक्कानाले नेपालको सुन्दरता देखेर आफू मोहित भएको बताएकी छिन । नेपालको हिमाल आरोहण र प्राकृतिक सुन्दरता हेर्न नेपाल आएकी उनले नेपालको सुन्दरताको वर्णन गर्न नसक्ने प्रतिकृया दिएकी छिन ।
२०१९ को मिसेस इण्डीया बिजेता डा. शोभादेवी नेपालको सगरमाथा बेस क्याम्पसम्म पुगेर फर्किएकी हुन । बेस क्याम्पमा रहँदा नेपालको सुन्दरता अनुभूति गर्न पाएको भन्दै उनले नेपालको प्राकृतिक सुन्दरता अनुपम रहेको बताइन ।
सामाजिक क्षेत्रमासमेत कृयासिल डा. शोभादेवीले मिसेस एडभेन्चरस दिवा उपाधि प्राप्त गरेकी । मिस इण्डिया सुपर क्लासिक २०१९ ब्यूटी पेजन क्राउन बिजेता, मिस टाईमलेस ब्यूटी टाईटलको बिजेता, मिसेस इण्डिया तेलंगाना सुपर क्लासीक २०१९ को सौन्दर्य प्रतियोगिताको बिजेतासमेत हुन ।

नेपालको छोटो बसाईसंगै यहाँको अपार प्राकृतिक उपमासंग लुकामारी खेल्न पाउँदा निकै खुशी लागेको उनले बताइन । बिशेष गरेर नेपालका शेर्पाहरुमा हिमाल आरोहण र ट्रेकीङको निक्कै दक्खल रहेको भन्दै शेर्पाहरुबाट प्रभावित भएर उनीहरुलाई सहयोग गरेको पनि बताइन ।
यहाँका हिमाललाई जोगाई राख्न सके नेपाल बिश्वकै उत्कृष्ट गन्तब्य मुलुक बन्ने उनको भनाई थियो । सेता हिमाल काला पत्थरमा परिणत हुनबाट जोगाउनु पर्ने उनको सुझाव छ । नेपालमा पनि जलवायु परिर्वतनको असर देखिएको भन्दै बृक्षारोपण आवश्यक भएकोमा उनले जोड दिइन । नेपालको पर्वतीय पर्यटन, जलवायु, यहाँका दुर्गम क्षेत्रका बालबालिका, महिला र सञ्चारको क्षेत्रमा सहयोग गरेर जनचेतनामूलक कार्यक्रममा सहयोग गर्ने उनको लक्ष्य छ ।
इण्डियाबाट नेपालमा धेरै पर्यटक भित्र्याउन सकिने भन्दै उनले नेपालको सुन्दरता, भौगोलिक बनावट, हावापानी र हिमालको बारेमा आफूले इण्डियामा प्रचारप्रसार गर्ने जानकारी दिइन । प्रचार प्रसार भए धेरै इण्डियनहरु नेपाल आउन लागयित हुने उनको भनाई छ ।








