चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मध्यप्रदेशको भ्रमण गर्ने भएका छन ।

दाहालले उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्ने र त्यसपछि इन्दोर जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहालले मध्यप्रदेशका राज्यपालसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

मध्यप्रदेशका उद्योगी ब्यापारीहरुसँग पनि भेट गरेर उहाँ शुक्रबार साँझ नयाँदिल्ली फर्किने कार्यक्रम रहेको छ ।