हाल पश्चिमी निम्नचापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेकाले आज (बुधवार) सुदूरपश्चिम,कर्णाली,लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि मौसम सामान्य बदली रहने छ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाको अनुसार, आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूका साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
बुधवार राती देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।








