आज(मंगलवार) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित चट्याङ्ग पर्ने सम्भावना छ । त्यस्तै, उक्त स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।

मंगलवार राती देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग पर्ने सम्भावना छ । त्यस्तै उक्त स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।