अर्थमन्त्री डा.प्रकाशशरण महतले अब न्यूनतम् १०० रुपैयाँ अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने व्यवस्था गरिने बताएका छन् ।
संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा महतले नयाँ कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था घोषणा गरेको छ ।
यस्तै अनलाइबाट नै कम्पनी दर्ता र खारेजी गर्न सक्ने गरी प्रक्रिया सरल बनाउने उनले बताए ।








