हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैगरी राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरूमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।








