सरकारले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी अलपत्र पारेको नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको उद्योगमन्त्रीले रमेश रिजालले जानकारी दिए ।
संघीय संसद्ले दुईपटक पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाए पनि तत्कालीन राष्ट्रपति भण्डारीले रोकेपछि सो विधेयक अलपत्र थियो ।
पौडेल राष्ट्रपति निर्वाचित भएपछि उनले यो विधेयकबारे कानुनविद्हरूसँग लगातार परामर्श गरेका थिए ।








