राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा नबुझाएको प्रष्टीकरण दिएका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले तीन करोड बुझाएको भनेर केही मिडियामा आएको समाचार आधारहिन रहेको दाबी गरेका छन् ।
श्रेष्ठले आफूले कुनै मिडियासँग नबोलेको र समाचार सम्प्रेषणका लागि अनुरोध नगरेको उल्लेख गरे ।









