प्रतिनिधिसभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने भएको छ । प्रतिनिधिसभाको बैठक ११ बजे बोलाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गरेको नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । बैठकको सुरुमा नीति तथा कार्यक्रममाथिको छलफल भने जारी रहने छ ।

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम तय गरिएको छ ।