राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शैक्षिक क्षेत्रमा पाकिस्तान सरकारले पुर्याएको सहयोगको प्रशंसा गरेका छन ।
नेपालस्थित पाकिस्तानी राजदुतावासले बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न काठमाडौमा गरेको कार्यक्रममा उहाँले बिगतदेखिनै पाकिस्तान सरकारले नेपालको शिक्षा, स्वास्थ्य, खेलकुद र सञ्चारजगतमा गरेको सहयोगको प्रशंसा गरे । उनले नेपाल र पाकिस्तानबीचको सम्बन्ध सुमधुर रहेको भन्दै छात्रवृत्तिमा पाकिस्तान पढ्न जाने र नेपालमा रहँदासमेत छात्रवृत्तिमा पढ्नेको संख्या बढ्दै गएको बताए । उनले शिक्षाबाटै मुलुकको आर्थिक विकास सम्भव हुने भन्दै सहयोग निरन्तरताको लागि धन्यवाद ज्ञापन गरेका थिए ।
नेपालका लागि पाकिस्तानका राजदुत अवहर एच हासमीले नेपालको शिक्षा, स्वास्थ्य लगायत विकासको क्षेत्रमा पाकिस्तान सरकारले सहयोग गरी रहने बताए ।
उनले दुई देशका जनताबीचको सम्बन्ध प्रगाढ रहेको भन्दै छात्रवृत्ति कार्यक्रमले थोरै भए पनि बिद्यार्थीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल भरका ४३ वटा बिद्यालयहरुको प्रतिनिधित्व गर्दे आएका १ सय ९८ जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।








