एमाले अध्यक्ष ओलीले संसद बैठकलाई सम्बोधन गर्दै

news-details

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्न लागेका हुन् ।

अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने धारणा राख्ने बताइएको छ ।

अध्यक्ष ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसद्बाट पारित गर्न नदिने बताएका छन् ।

हिजो शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्योलग्रस्त र दिशाहीन तथा राजनीतिक, सामाजिक, आर्थिक कुनै पनि समस्या समाधान नगर्ने बताएका थिए ।

‘नीति तथा कार्यक्रममा यस वर्ष हामी कसरी अगाडि बढ्छौँ त त्यस सम्बन्धमा यसमा खासै योजना रहेको छैन । यो नीति वार्षिक कार्ययोजनामात्र हो’, अध्यक्ष ओलीले भनेका छन्, ‘यसले देशको मार्गदर्शन गर्दैन । यो स्वीकार र समर्थन योग्य छैन । विरोधयोग्य छ, त्यसैले यसलाई पास गर्न मिल्दैन ।’

प्रतिनिधि सभाको बैठकमा आजबाट नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *