सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई संवोधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने घोषणा गरेका छन ।
‘विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ’, नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपतिले भने । नागरिकसम्बन्धी समस्याको समाधान गरिने पनि राष्ट्रपतिले बताए ।
हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ








