धादिङको दुर्गम क्षेत्रमा पर्ने मण्डली सेकेण्डरी स्कुललाई दिलकुमारी केसी स्मृति प्रतिष्ठानले सहयोग गरेको छ । आज एक कार्यक्रम गरी दुर्गम र आर्थिक अवस्था कम्जोर भएका बालबालिका पढ्ने बिद्यालयलाई कम्प्युटर, ल्यापटप, प्रिन्टर,प्रोजेक्टरलगायतका शैक्षिक सामाग्रि प्रदान गरेको हो ।

दिलकुमारी केसी स्मृति प्रतिष्ठानकी अध्यक्ष उषा केसी कार्कीले मण्डली सेकेण्डरी स्कुल धादिङका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीलाई १२ थान कम्प्युटर, प्रिटर, प्रोजेक्टर सहितका शैक्षिक सामाग्री हस्तान्तरण गरिन ।

प्रतिष्ठानलाई इएआई अर्थात शैक्षिक प्रगतिकालागि पहल संस्थाले कम्युटर, प्रिन्टर, प्रोजेक्टरलगायतका प्रविधिमैत्री शैक्षिक सामाग्री उपलब्ध गराएको थियो । ईञ्जिनियर रोषन सिम्खडाले दुर्गम क्षेत्रको शैक्षिक स्थितिमा सुधार ल्याउने उद्धेश्यले संस्थाले प्रविधिमैत्री सामाग्री प्रदान गरेको जानकारी दिए ।

कार्यक्रममा ईएआईका प्रतिनिधि इञ्जिनियर राजेश डंगोलले शैक्षिक सामाग्रीले दुरदराजका बालबालिकालाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । दुर्गम क्षेत्रमा अतिबिपन्न समुदायका बालबालिका अध्ययन गर्ने भएकाले शिक्षालाई प्रविधिमैत्री बनाउने उद्धेश्यले शैक्षिक सामाग्री बितरण गरीएको अध्यक्ष कार्कीले बताइन ।

शहर केन्द्रीत शिक्षा र बालबालिकासमेत शहर केन्द्रीत हुन थालेपछि गाउँकै बिद्यालयलाई प्रविधि मैत्री बनाउन प्रत्येक बर्ष कम्प्युटर, ल्यापटप र प्रविधिमैत्री शैक्षिक सामाग्री दुर्गम क्षेत्रका बिद्यालयलाई प्रदान गरीने दिलकुमारी केसी स्मृति प्रतिष्ठानका सल्लाहकार नवराज केसीले जानकारी दिए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीले बिद्यालयको आर्थिक अवस्था दयनीय हुँदा प्रविधिमैत्री शिक्षणमा कठीनाई भएको बताए । उनले दिलकुमारी केसी स्मृति प्रतिष्ठानबाट प्राप्त प्रविधिमैत्री शैक्षिक सामाग्री दुर्गम क्षेत्रका बालबालिकाकालागि धेरै उपयोगि हुने बिश्वास व्यक्त गरे । अहिले पनि दुर्गम क्षेत्रका बिद्यालय प्रविधिमैत्री नहुँदा बालबालिका गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित रहेकाछन् । प्रतिष्ठानले दिएको १२ थान कम्प्युटर, एक थान प्रिन्टर र प्रोजेक्टरले बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई सहयोग पुग्ने बिश्वास उनको छ ।

दिलकुमारी केसी स्मृति प्रतिष्ठानले यस भन्दा अगाडि पनि दुर्गम क्षेत्रमा खाद्यान्न, बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्दे आएको छ ।