नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष शमशेर मियाँ सिंहदरबारबाट पक्राउ परेका छन् ।
पैसा ओसार्न मियाँले कमिटीको गाडी प्रयोग गर्ने गरेको प्रहरी हिरासतमा रहेका आरोपीले खुलासा गरेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको परिसरका प्रमुख (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीले गृह मन्त्रालयको बा १ झ १५८१ नम्बरको सरकारी गाडी बरामद गरेकोमा उक्त गाडी गृह मन्त्रालयअन्तर्गतको नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँको भएको खुलेपछि उनको खोजी गरिरहेको थियो ।
मिया काम विशेषले सिंहदरबार छिरेको जानकारी पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।








