नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिने भएको छ ।

आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका नेता रायमाझीलाई आज अदालतमा पेश गर्न लागिएको प्रहरीले जनाएको छ ।

उनलाई महानगरीय प्रहरी वृत्त लैनचौरमा राखिएको छ । गएराति मेडिकल गरेर उनलाई लैनचौर वृत्तमा पुर्‍याइएको प्रहरीले जनाएको छ ।

यसअघि गत वैशाख २० गते सोही प्रकरणमा उनका छोरा सन्दीप पक्राउ परेका थिए । सन्दीप पक्राउ परेसँगै उनी फरार रहेका थिए ।

सोही शरणार्थी प्रकरण नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण काठमाडौं स्थित निजी निवासबाटै पक्राउ परेका थिए ।

शरणार्थी प्रकरणमा हालसम्म पूर्वगृहमन्त्री खाँण, पूर्वमन्त्री रायमाझी, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे लगाएत १३ जना पक्राउ परेका छन् ।

सोही प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा र पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

हाल उनीहरु फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।