प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबिच छलफल सुरु भएको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार तिन शीर्ष नेताबीचको छलफल आइतबार बिहानदेखि बालुवाटारमा सुरु भएको हो ।
संसदको प्रभावकारिता, आर्थिक वर्ष २०८०- ८१ को नीति तथा कार्यक्रममा केन्द्रित रहेर ३ ठूला दलका नेता र प्रमुख सचेतकहरू छलफलमा रहेको जानकारी सचिवालयले दिएको छ ।








