नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने नगर्ने निर्णय आज पनि कांग्रेसको बैठक बस्न लागेको हो ।
यसअघि हिजो बुधबार साँझ पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा खाँणलाई निलम्बन गर्ने बारेमा छलफल भएको थियो ।
आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ ।








