नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका थप दुई आरोपित काठमाडौंबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यो प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ ।
यसअघि प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ।
यसमा मुछिएका पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिवसमेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज राई भने अहिलेसम्म फरार छन् । मंगलबार मात्रै प्रहरीले सातदोबाटोस्थित पूर्वउपप्रधानमन्त्री रायमाझीको घरमा छापा मारेको थियो ।








