नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बस्न लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

केन्द्रीय कमिटी बैठक वैशाख २८, २९ र ३० गते काठमाडौंमा बस्दैछ। त्यसैको कार्यसूची तय गर्न बैठक बस्न लागेको रिजालको भनाइ छ।

एमालेले फागुनदेखि वैशाखसम्म मिसन ग्रासरुट अभियान चलाएको थियो। त्यसको समीक्षा र नक्कली भुटानी शरणार्थी प्रकरणबारे पनि छलफल हुने बताइएको छ। नक्कली भुटानी शरणर्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन्।

एमालेले केन्द्रीय कमिटी बैठक झापामा आयोजना गर्ने भनेको थियो। तर, संसद्को प्रिबजेट छलफल र पछिल्लो राजनीतिक घटनाक्रममा कारण बैठक काठमाडौंमै बस्ने तय गरिएको हो।