प्रतिनिधि सभाको बैठक आज सोमबार बिहान ११ बजे बस्दैछ । बैठकमा ‘प्रि-बजेट’ माथि छलफल हुनेछ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार बजेटको सिद्धान्त तथा प्राथमिकताका सम्बन्धमा मस्यौदा बैठकमा प्रस्तुत गरेका थिए । सोही प्रस्तावका सम्बन्धमा सोमबार ११ बजे देखि ५ बजेसम्म दफावार छलफल हुनेछ ।
संसद सचिवालयका अनुसार छलफल २७ वैशाखसम्म चल्नेछ । त्यसपछि अर्थमन्त्री डा. महतले जवाफ प्रस्तुत गर्नेछन् ।
संविधानतः १५ जेठमा आगमी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिसक्नु पर्नेछ । त्यसअघि बजेटका सम्बन्धमा संसदमा छलफल गरिनुपर्छ ।








