संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा नजाने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
रास्वपा केन्द्रीय समिति र संसदीय दलको शुक्रबार बसेको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा जाने निर्णय गरेको हो ।
सत्ता गठबन्धनले रास्वपालाई सरकारमा ल्याउन खोजिरहेको थियो। तर रास्वपाले भने सरकारले न्यूनतम साझा कार्यक्रममा आफ्नो एजेन्डा हटाएको भन्दै आपत्ति जनाउँदै आएको थियो।
यसअघि सरकारमा सहभागी नभए पनि रास्वपाले विश्वासको मत दिएर सरकारलाई समर्थन गरेको थियो । त्यस्तै राष्ट्रपति निर्वाचनमा पनि उसले सत्ता गठबन्धनलाई समर्थन गरेको थियो ।








