नवनियुक्त तीन मन्त्रीको पद तथा गोपनीयताको शपथ आज हुने भएको छ ।
शितल निवासस्थित राष्ट्रपति कार्यालयमा दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रमको तयारी रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेसका तीनजनालाई मन्त्री नियुक्त गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्ती गरेका थिए भने कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या तथा कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्वुलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए ।








