प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले बुधबार तीन जना नयाँ मन्त्री बनाएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा डिगबहादुर लिम्बुलाई नियुक्ति गरेका छन ।
उनीहरु तीनै जना नेपाली काँग्रेसको तर्फबाट सरकारमा सहभागी भएका हुन ।
नव नियुक्त मन्त्रीहरुले भोलि बिहीबार दिउँसो ३ बजे पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम छ ।








