आज बुधबार पनि मुलुकभर मौसम बदली रहनेछ ।
विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा मौसम सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका केही स्थानसंगै बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बुधबार राती पनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।
त्यस्तै, राती देशको पहाडी भू-भागका थोरै स्थानहरूका साथै बाँकी भू-भागका एक-दुई स्थानमा समेत मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । अन्य भू-भागमा भने आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।








