नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन्। उनले सभामुख देवराज घिमिरेसमक्ष शपथ लिनेछन्।

वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा– २ बाट निर्वाचित भएका ​थिए। तनहुँ–१ र चितवन–२ र बाट निर्वाचित स्वर्णिम वाग्ले र रवि लामिछानेले शुक्रबार शपथ लिएका थिए।

शुक्रबार अनुपस्थित रहेका कारण यादवले मंगलबार शपथ लिन लागेका हुन्।