राष्ट्रिय सभाको बैठक आज बिहीबार बस्ने भएको छ ।

बैठक नयाँबानेश्वर स्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश गर्ने कार्यसूची रहेको सचिवालले जनाएको छ ।