काठमाडौँबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास भइरहेको छ ।
सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९:२० बजे उडेपछि फ्लाई दुबईको एफजेट ५७६ नम्बरको जहाजको एउटा इन्जिनमा समस्या आएको थियो। उडेको केहीबेरमै ठूलो आवाज र आगो लागेको देखिएको थियो।
त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार जहाजमा समस्या आएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास भइरहेको छ।
फ्लाई दुबईका पाइलटले आफ्नो जहाज सुरक्षित रहेको बताएका छन् । त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरलाई उनले सो जानकारी गराएका हुन् ।
उड्नासाथ जहाजको एउटा इन्जिनमा समस्या आए पनि पाइलटले त्रिभुवन विमानस्थलमा आकश्मिक अवतरण गराएनन् । जहाजको इन्धन घटाउनुपर्ने भएकाले जहाज दिल्ली पुर्याउने तयारी गरेको अनुमान छ । जहाज भैरहवाबाट पार भइसकेको छ ।








