नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा बालकोट जाने भएका छन् ।

आइतबारबाट अस्वस्थ भएर घरमै आराम गरिरहेका अध्यक्ष ओलीलाई भेट्न सोमबार बिहान ९ बजे प्रचण्ड र देउवा उनकै निवास बालकोट जान लागेका हुन् ।

भेटमा उनीहरुले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने र संवैधानिक परिषद् सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अघि बढाउने विषयमा छलफल गर्ने बताइएको छ ।