जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना तथा दलित समूदायको सहभागितामा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथीकारुपमा राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुरकोटी तथा विशेष अतिथिकारुपमा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र अतिथिकारुपमा एसपि सजय रावल, मुक्ती समाज स्याङ्जाका अध्यक्ष मेघ प्रनेश, दलित् सगठनका प्रतिनिधिहरु, राष्ट्रिय दलित आयोगका केन्द्रीय सदस्य टिकाराम बिश्वकर्मा लगायत नागरिक अगुवाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा दलित हकहित, छुवाछूत र कानुनमा भएका व्यवस्थाकाबीच छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुन्दर पुरकोटीले जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यालयलाई दलितले नागरिकता लिदा भोग्नुपरेको कठिनाई अन्त्य गर्न, जातिय भेदभाव र छुवाछूत गर्ने विरुद्ध कानुनी कारवाही गर्न र अन्तरजातीय बिबाह गर्नेलाई सम्मान गर्न सुझाव दिएका थिए ।
यस्तै जिल्ला प्रसासन प्रमुख शशिधर घिमिरेले थरका आधारमा नागरिकता बनाउन र सच्याउन कुनै कन्जुस्याइँ नगरेको जानकारी गराए ।
मुक्ती समाज स्याङ्जाका अध्यक्ष मेघ प्रनेशले जिल्लामा अन्तरजातिय बिबाह गरेका जोडिले भोगेका समस्या र जातीय भेदभावका कारण समाजमा घटेका घटना न्यूनिकरण गर्न तथा समाज रुपान्तरणका लागि सबै पक्ष मिलेर अघि बढनुपर्ने धारणा राखे ।








