प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण सम्बन्धि तीनवटा विधेयक पेस गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

बैठकमा अख्तियार दुरुपयोग अनुसान्धन आयोग तोस्रो संशोधन विधेयक २०७७, भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७७ टेबुल गरिने छ ।

त्यस्तै राष्ट्रियसभाबाट सन्देशसँगै प्राप्त भएको ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ माथि विचार गरियास्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

त्यसैगरी बैठकमा कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पारित गरिने कार्यसूचि रहेको छ ।