नेकपा एकीकृत समाजवादीको भातृ संगठन युवा संघ नेपालले आज सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
अमेरिका पठाई दिने निहुँमा ८ सय ७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाउने राजनीतिक नेतृत्व र गिरोहलाई कानुनी दायरामा ल्याउन माग गर्दे ज्ञापनपत्र बुझाएको हो ।
युवा संघ नेपाल बागमती प्रदेश कमिटीले नेपाल सरकारका मुख्य सचिव शंकरदाश बैरागीलाई ज्ञापन पत्र बुझाएको युवा संघका नेता मिथुन भोटेले जानकारी दिए । भुटानी शरणार्थीको नाममा मानव तस्कर गर्ने गिरोहलाई हदैसम्मको कारवाहि गरीनु पर्ने युवा संघको माग छ ।
तेस्रो देशमा पुर्नवास हुन छुटेका शरणार्थीहरुको समस्या समाधान गर्न नेपाल सरकारले २०७६ असार १९ गते कार्यदल गठन नै गरेको थियो । कार्यदलको प्रतिबेदन हालसम्म सार्वजनिक गरीएको छैन् । प्रतिबेदन तत्काल सार्वजनिक गर्न र कार्यदलका सदस्यमाथि अख्तियार दुरुपयोग अनुसंधान आयोगबाट छानविन गराउन पनि युवा संघले जोडदार माग गरेको छ ।










