ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा गाडी, स्कुटर र मोटरसाइकल जलेको छ।
बिहान ३ः४० बजे एक्कासि आगो लागेसँगै ६ वटा विद्युतीय गाडी, ३ वटा मोटरसाइकल, एउटा भ्यान र तीन वटा स्कुटर गरी १३ वटा सवारीसाधन जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन । तत्कालै दमकल पुगेपछि आगोलाई नियन्त्रणमा लिइएको थियो ।








