सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहीबार बस्दैछ ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ ।

कांग्रेसले सरकारमा अर्थ मन्त्रालयसहित ८ मन्त्रालय पाउने बताइएको छ । मन्त्रालय भागबन्डा गर्न बुधबार बसेको दश दलीय सत्ता गठबन्धनको बैठकले कांग्रेसलाई ८ मन्त्रालय दिने सहमति गरेको हो ।

कांग्रेस उपसभापति पुर्णबहादुर खड्का वा पार्टी प्रवक्ता प्रकाशशरण महत मध्ये एकको नेतृत्वमा सरकारमा सहभागि हुने बताइएको छ ।

यसैगरी, कांग्रेसको बैठकमा १० बैशाखमा हुने उपनिर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।