लुम्बिनी प्रदेश सरकारबाट दुई दल बाहिरिएका छन । नेकपा माओवादी केन्द्र र जनमत पार्टी सरकारबाट बाहिरिएको हो ।
नेकपा माओवादीका तीन र जनमतका एक गरी चार जना मन्त्रीले आज राजिनामा बुझाएका छन ।
आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, विभाग तोकिएपनि पदभार नसम्हालेकी कृष्णा केसी र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले राजिनामा बुझाएका हुन ।
मुख्यमन्त्री लिला गिरीलाई भेटेर भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु र आर्थिक मामिला मन्त्रीका स्वकीय सचिव भरत नेपालीले मन्त्रीको तर्फबाट राजिनामा बुझाएका हुन ।








