राष्ट्रपति रामचन्द्र पौडेल आइतबार गोरखा जाने भएका छन ।

नेपाली सेनाको हेलिकप्टरबाट आइतबार बिहान साढे ९ बजे गोरखा दरबारको अवलोकनका लागि राष्ट्रपति पौडेल जान लागेका हुन ।

राष्ट्रपति पौडेलले गोरखा बजारमा रहेको बडामहाराजाधिराज पृथ्वीनारायाण शाहको पूर्ण कदको शालिकमा माल्यार्पर्ण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले गोरखा दरबारको अवलोकन गरी गोरखकाली मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपतिको आगमनलाई लक्षित गरी गोरखामा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।