नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति थियो ।

यादव यही चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका हुन । उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन ।

उपराष्ट्रपतिमा यादवको शपथग्रहणसंगै निवर्तमान उपराष्ट्रपति नन्दवहादुर पुनलाई राष्ट्रपति भवनमै आयोजित विशेष समारोहमा विदाई गरिएको थियो । त्यसवखत उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपहार प्रदान गरे । पुनले दुइ कार्यकाल गरी करिव ७ वर्ष ५ महिना उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका छन । पुन पहिलो पटक २०७२ कार्तिक १४ गते नेपालको उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।