नेकपा (एकीकृत समाजवादी) ले पार्टीका नेता घनश्याम भुसाललाई महासचिवमा मनोनीत गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको महासचिव पदमा घनश्याम भुसाललाई चयन गरिएको र महासचिव वेदुराम भुसाललाई आजबाट लागू हुनेगरी उपाध्यक्षमा मनोनीत गरिएको बताए ।
बैठकले चार उपाध्यक्ष घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरेको पनि उनले बताए ।
यस्तै एकीकृत समाजवादीले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको पनि उनले बताए ।








