प्रतिनिधि सभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ। शनिबार सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले आइतबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन ।

सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र, प्रतिनिधि सभाको रिक्त एक स्थानको ब्यहोराको जानकारीसहित केही प्रतिवेदन पेस गर्ने उल्लेख गरिएको छ। बैठकमा केही विधेयक पेस हुनेछन्।