काठमाडौं / रञ्जना कवल धनी संघको प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनले अध्यक्षमा विनय कुमार अग्रवाललाई सर्वसम्म्मत चयन गरेको छ ।
काठमाडौंको न्युरोडस्थित माडवाडी सेवा समितिको सभा हलमा सम्पन्न प्रथम वार्षिक साधारणसभा तथा अधिवेशनमा रञ्जना ट्रेड सेन्टरका संस्थापक अध्यक्ष कालु गुरुङ्गको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको अध्यक्षता कवल धनी संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले गरेका थिए ।



त्यस्तै संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिदै विभिन्न परिस्थितिवश आफ्नो कार्यकालमा गर्न नसकेका अपुरा कार्यहरुलाई नयाँ कार्यसमितिले निरन्तरता दिदै जान आग्रह गरे । उनले कवलधनीलाई रञ्जना टे«ड सेन्टरमा निःशुल्क पार्किङको सुविधा हुनुपर्ने माग समेत राखेका थिए ।


उनले रञ्जना ट्रेडलाई नेपालकै नम्बर वान होलसेल मार्केटको रुपमा स्थापित गर्न चाहेको बताउँदै त्यसका लागि रञ्जना व्यापार संघ, कवल धनी संघ र ट्रेड सेन्टरले सौहार्दपुर्ण वातावरणमा काम गर्दै रञ्जना ट्रेडलाई नेपालकै नमुनायोग्य विजनेश हवको रुपमा स्थापित गर्ने लक्ष्य रहेको जानकारी दिए ।

निवर्तमान अध्यक्षको कार्यकालमा कवल धनीहरुका लागि थुप्रै कार्यहरु गर्न सफल भएको र केहि अपुरा रहेका कार्यहरुलाई निरन्तरता दिदै कवलधनीहरुको हकहितको लागि आफू कटिबद्ध भएर काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

रञ्जना ट्रेड सेन्टरभित्र रहेका लगभग चार सयभन्दा बढी सटर लालपुर्जासहित खरिद गरि व्यापार व्यवसाय गर्दै आएका सटरधनीहरुका समस्याहरु समाधान गर्नका लागि वि.सं.२०७७ सालमा आधिकारीक रुपमा स्थापना भएको यस संस्था स्थापनाकालदेखि नै ट्रेडभित्रका सटरधनीहरुका समस्या समाधानका लागि काम गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि त्यहाँभित्र रहेका समस्याहरु समाधान गर्दै रञ्जना ट्रेडलाई नेपालकै उत्कृष्ट व्यापारिक हब बनाउने लक्ष्य रहेको संघले जनाएको छ ।









