जनता समाजवादी पार्टी नेपाल (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

बिहान ११ बजे पार्टी कन्द्रीय कार्यालयमा बस्ने बैठकमा समानुपातिक सांसदबारे निर्णय हुने बताइएको छ ।

जसपाकी समानुपातिक सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभा तर्फको एक स्थान रिक्त छ ।

उनको गत फागुन १३ गते हृदयाघातको कारण निधन भएको थियो । झापा घर भएकी रहमान गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जसपाबाट समानुपातिक सांसद बनेकी थिइन् ।

उनको निधन भएपछि प्रतिनिधिसभा तर्फको एक स्थान रिक्त छ । सोही बारे निर्णय लिन जसपाले बैठक बोलाएको हो । बैठकले रिक्त स्थानको लागि नाम टुंगो लगाउने बताइएको छ ।

बैठकमा जसपा पार्टी विधानको मस्यौदा बारेमा समेत छलफल हुने जसपाले जनाएको छ ।